गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्दै 

काठमाडौं ।  गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओको प्रस्तावसहित फागुन ६ गते वार्षिक साधारणसभा गर्ने भएको छ।

साधारणसभा होटल एयरपोर्ट, बिराटनगर मोरङमा अपरान्ह १ बजेबाट सुरु हुनेछ। सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ।

यसका साथै सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ।

यसैगरी, आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ।