आजको शेयर बजार : नेप्से १० अंकले बढ्यो, ४ अर्ब ५६ करोडको कारोबार

 काठमाडौँ - आजपनि नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा उक्लिएको हो । 

उसो त आज कारोबारमा समेत केही बढोन्नती आउँदै ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्से सूचक १०.३७ अंकले बढ्दा जम्मा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज पनि बैंकि समूह ऋणात्मक हुन पुगेको छ । यस्तै माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह ऋणात्मक हुँदा बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज अन्य समूहको उपसुचक १.६४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरु बाँकी समूहको उपसूचक १ प्रतिशतले कमले बढेका छन् ।