एनसेलको शेयर बिक्रीबारे छानबिन समितिले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ - एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आज प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने भएको छ ।

मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व गैर आवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलरमा बिक्री गरेको थियो ।

बिना जानकारी शेयर बिक्री गरिएपछि सरकारले मङ्सिर २१ गते पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।