रास्वपाको संयुक्त बैठक आज पनि बस्दै 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ । पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ ।

सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका थिए । जसअनुसार आज बिहान सुरूमा केन्द्रीय समिति बैठक बस्नेछ भने त्यसपछि संसदीय दलको बैठक बस्नेछ ।