आज पनि सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा आज चौथो दिन पनि सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ ।

गएको शुक्रबारयता सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घट्बढ भइरहेको छ। आइतबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार तोलामा ५ रूपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १४ सय ६० रूपैयाँ कायम छ ।