सुनका गहना र नगद चोरी गरेर भाग्दै गरेका  व्यक्ति पक्राउ

काठमाडौँ । सुनका गहना र नगद चोरी गरेर भाग्दै गरेका  एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट विदुर नगरपालिका- १७ घर भई काठमाडौं महानगरपालिका- १६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका- ५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।