बालाजुचोकमा माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा एक युवा पक्राउ

काठमाडौँ । बालाजुमा एटीएम फुटाउँदै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १६ बालाजुचोकमा रहेको एटीएम फुटाउने  गरेका रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौँ– १४ कलंकी बस्ने वर्ष १८ को राधेश्याम बैठालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो करिब पौने ३ बजेको समयमा बालाजु चोकस्थित माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा उनी समातिएका हुन् ।

खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली पुगेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।