सिमताल बस दुर्घटना : त्रिशुलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली फिर्ता

काठमाडौँ । त्रिशुलीमा बेपत्ता भएको दुई वटा बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञको टोली फर्किएको छ ।

४ जना गोताखोरसहित भारतबाट आएको १२ जनाको टोली साउन ६ देखि बस र यात्रुको खोजीमा लागेका थिए । यद्यपी बस र यात्रु केही फेला नपरेपछि उनीहरु फकिैएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।

बस दुर्घटनामा परेके बस फेला परेको छैन् अहिलेसम्म २५ जनाको शव भेटिएको छ । भारतीय विशेषज्ञले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए ।

भारतीय एनडीआरएफको खोजी कार्यमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरेका छन् । उनीहरूले ल्याएको २० किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले असार २८ देखी नै खोजी जारी राखेका छन् ।काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।