सिन्धुपाल्चोकको हेलम्बु केन्द्र भएर भूकम्प

काठमाडौँ -सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गए राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गए राति वर्षाको बेला भूकम्प जाँदा त्रसित भएका थिए । भूकम्पले क्षति गरे-नगरेकोबारे जानकारी आएको छैन । गए राति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।