जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छ : अग्नि सापकोटा  

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले समाजवाद संविधानमा उल्लेख गरिए पनि राम्रो व्याख्या नगरिएको बताए। उनले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनै पनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे। उनले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताए।

उनले भने, ‘वास्तवमा आज हामी उहाँलाई यो सम्मान किन गर्दैछौँ त भन्दा यो लोकार्पण किन गर्दैछौँ त भन्दा हामी हामी ठूलो तयारीमा फेरि जाँदैछौँ। राष्ट्रलाई विपद् परेको बेलामा, विपद्को भूमरीमा परेको बेलामा त्यसलाई जोगाउनका लागि हामी जाँदैछौँ। समाजवाद संविधानमा उल्लेख छ तर त्यसको राम्रो व्याख्या छैन। अब व्याख्या गरेर अघि जानुपर्छ। सारा तागत लगाएर हामी अघि बढौँ। नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भइ छोड्नेछ।’

पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताए।