राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

असार १४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो ।

भेटवार्तामा क्रममा  समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।