बजेट भाषण : नागरिक उड्डयन मन्त्रालयका लागि ३ अर्ब ७७ करोड बजेट विनियोजन  

काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ३ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आज आव २०८१र८२ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,भरतपुर विमानस्थल,सुर्खेत विमानस्थल लगायतको स्तर उन्नतिको काम गर्ने बताए।

भरतपुर विमानस्थलको काम आगामी वर्ष सक्ने र यसको लागि ३६ करोड बजेट विनियोजन गरिएको पनि उनले घोषणा गरे।