विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने, जनकपुरलाई वेडिङ हब बनाइने

काठमाडौँ । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।