महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन डिउटी गर्नु नपर्ने गृहमन्त्रीको घोषणा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी  गर्नु नर्पो घोषणा गरेका छन ।

सामाजिक सञ्जाल मार्फत गृहमन्त्री रवि लामिछानेले गणतन्त्रको शुभकामना दिँदै अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन भन्ने घोषणा गरेका छन ।

गृहमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’