गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन्।  गणतन्त्र दिवसका शुभकामना सन्देश जारी गरी राष्ट्रपति पौडेलले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका हुन्।

‘१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ’, उनको सन्देशमा उल्लेख छ, ‘एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ’, उनको सन्देशमा उल्लेख छ।

सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकार सम्पन्न बनाउने तथा नागरिकलाई खुशी दिन गरिएको संकल्पका बारेमा उल्लेख गर्दै उनले उक्त संकल्पलाई पूरा गर्न योदिनले अझ धेरै प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।

गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउनु रहेको भन्दै राष्ट्रपति पौडेलले त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने बताएका छन्।