पोखराको जाल्पारोडमा नवजात शिशु फेला  

काठमाडौँ । पोखरा महानगरको जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् ।

पोखरा महानगरको वडा नम्बर ८  जाल्पारोडस्थित एक स्थानीयको घरको गेटमा २र३ दिनको शिशु फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले नवजात शिशु कसैले छाडेर फरार भएको भनी खबर गरेपछि पुगेको प्रहरीले बालकलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शर्माको अनुसार कसैले शिशु छाडेर हिडेको हुनसक्ने भएकाले घटनाको अनुसन्धान जारी रहेको छ ।