एक महिनाभित्र नेपालीपन झल्कने नाम राख्न निजी विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई एक महिनाभित्र नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरले निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्थाबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले जनाएको छ ।

नयाँ नामका लागि महानगरले एक महिनाको समय दिएको छ । महानगरले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस भनेको छ ।

 

KTM-Maha-1711641805.jpg