गरिमा विकास बैंकको सीईओमा माधव उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बैंकको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको सीईओ नियुक्त भएका हुन् ।

व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि डेपुटी सीईओ पदमा कार्यरत छन् ।

उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनरप्राध्यापन पेशामा संलग्न थिए । बैंकका सीईओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् ।

उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । यसैगरी कम्पनी सचिवमा बैंकका सहायक सीईओ अनिल रेग्मीलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ ।