किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा  

काठमाडौँ । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई)  दिएका छन् ।

फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् ।

बाबाको मृत्यु भएका चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर छ ।

शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताए  परीक्षामा १९ छात्रा र १६ छात्र अनुपस्थित भएको आचार्यले बताए ।