राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा, अब कुन दलले पाउँछ ? 

 काठमाडौँ - राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । 

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।