टोबहादुर रायमाझी अस्पताल भर्ना 

काठमाडौँ - नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । 
नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए ।