देशभर नै एमालेको लालकिल्ला बनाउनु छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन्।

एमाले झापाको ११औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताए। 

उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गरे। उनले लालकिल्लामा कसैलाई हात हाल्न दिनु नहुने बताए।

उनले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए। उनले झापाबाट गल्तीले जितेर गएकाहरुको भूमिका कामै नलाग्ने रहेको बताए।

उनले भने, ‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ। आजको होइन हो, यो ०४८ सालको शुरुको लालकिल्ला हो। यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन। हात हाल्ने कुचेष्टा नगरे हुन्छ। यो लालकिल्ला हो, लालकिल्ला रहन्छ। गल्तीले जितेर गएकाहरुको भूमिका हेर्नुस् त कस्तो छ ?’