लोसपाले बोलायो केन्द्रीय समिति बैठक, यस्तो छ कार्यसूची !

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले केन्द्रिय समितिको बैठक बोलाएको छ ।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भएपछि लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म सो पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

स्रोतका अनुसार बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरिरहेको छ ।