images

गठबन्धन सरकार खरानीको डल्लो जस्तै भएकाले आफैँ सिद्धिने अध्यक्ष ओलीको दाबी

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार खरानीको डल्लो जस्तै भएकाले आफैँ सिद्धिने दाबी गरे ।

आज सुनसरीको इनरुवा जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग अध्यक्ष ओलीले एमाले सरकार फेरबदलको खेलमा नरहेको समेत बताए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सरकारले नै गठन गरेको जाँचबुझ समितिले दिएको प्रतिवेदनमा मन्त्री ज्वाला दोषी देखिँदा पनि नैतिकताको ख्याल नगर्नु लज्जास्पद भएको बताए ।

एमाले सरकारमा रहँदा नैतिकता देखाएको उल्लेख गर्दै ओलीले वर्तमान सरकार जिम्मेवारीहीन भएको उल्लेख गर्दै उनले बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी हुँदा पनि बर्खास्त गर्न नसक्नु प्रधानमन्त्री पुष्पकमल दाहालको लाचारीपन भएको बताए ।

उनले एमाले मिसन ८४ को अभियानमा रहेको बताउँदै पीडितमैत्री स्थिति बन्ने बित्तिकै टीआरसी विधेयक संसदबाट पारित हुने बताए । त्यसका लागि सरकार तथा गठबन्धन तयार हुनुपर्ने उनको भनाइ छ ।

 

बुधबार १५ फागुन २०८० ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया