गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको ओलीको आरोप

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोप लागएका छन् ।

बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरुको कुनै पनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी समेत गरे ।

उनले भने, ‘पार्टी सुदृढ भएर यस ठाउँमा आएको छ। आम कार्यकर्ता र दोस्रो तहका नेता र कार्यकर्ताहरुले पार्टी बचाउनु भयो‚’ उनले भने‚ ‘अहिले पनि हाम्रा विरोधीहरु षड्यन्त्र गरिरहेका छन्। तिनका षड्यन्त्रका एउटा एउटा टुसा पलाउँदै छन्। त्यसैबेला ती टुसा भाँचिदिनुपर्छ। देश बर्बाद पार्न एमालेले दिँदैन २०८४ मा‚ एमालेले एकल बहुमत ल्याउँछ। बहुमतको सरकार बनाउँछ २०८४ मा।’ 

अध्यक्ष ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दाबीसमेत गरे।