१७ हजार प्लस २ को हत्यारा भन्नेहरुको प्रतिवाद नगर्ने ?

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०६२र६३ अघिको ‘जनयुद्ध’ मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’ मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरुले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।

‘आज हामीलाई कस्ता–कस्ता मान्छेले हेप्दैछन् ? १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौं । १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीले प्रतिवाद नगर्ने ?’ उनले भने, ‘कोही नलेख्ने, कोही नबोल्ने ? 

कस्ता भयौं त हामी ? हिजो भए हामी सहन्थ्यौं त ? के गथ्र्यौं हिजो भए ? कस्तो प्रतिवाद गथ्र्यौं ? 

गत मंसिर २३ गते कोरिया भाषा परीक्षा ईपिएसमा सहभागी गराउन माग गर्दै भएको प्रदर्शनमा दुई युवकको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसकै भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले ‘१७ हजार प्लस दुई बराबर कति ? ’ लेखिएको ब्यानर बोक्दै प्रदर्शन गरेकी थिइन् ।