आजको मौसम : यी चार प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।