शंकर पोखरेलले एमाले मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै

मकवानपुर - नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज देखि हेटौंडामा हुँदैछ ।

आजदेखि शुक्रबासम्म हुने बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यतामा हुने एमाले मकवानपुरले जनाएको छ । महासचिव पोखरेलले पार्टीको दशौँ महाधिवेशनको कार्यदिशामा जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्सवादी दृष्टिकोण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भू–राजनीतिक र परराष्ट्र सम्बन्ध, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईञ्चार्ज गुरु बरालले समृद्व नेपाल र सुखी नेपाली, पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले समृद्व मकवानपुर सम्बन्धी अवधारणा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले मिसन ८४ को कार्यभार, पोलिटव्यूरो सदस्य कैलाश ढुङ्गेलले पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, बालकृष्ण देउजाले सूचना प्रविधि प्रयोग र महत्वरप्रशिक्षण शैलीबारे प्रशिक्षण दिने सचिव सिग्देलले बताए ।