गणतन्त्रको विकल्प नभएको सभापति देउवाको भनाई 

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’

उनले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताए ।  गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ?  यो प्रश्नमा उनले भने  ‘को अत्तालियो रु हामी अत्तालिएका छैनौँ ।’

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उहाँले स्पष्ट जवाफ दिएनन । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ  ? यस प्रश्नमा उहाँको जवाफ थियो, ‘थाहा पाइहाल्नु हुन्छ नि ।’