बाँकेमा ३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ  

काठमाडौँ । बाँके प्रहरीले ठूलो मात्रामा सुनचाँदी बरामद गरेको छ। नेपालगन्जका एक जना कालीगढले अवैध रूपमा जम्मा गरेर बिक्री गरिरहेको सुन प्रहरीले बरामद गरेको बताइएको छ।

बर्दियाका एक जना सुन पसलेले गाडीमा आएर केही सुन किनेर लैजाँदै थिए। प्रहरीले कालीगढको पसलमा रहेको थप सुन र चाँदी पनि बरामद गरेको छ।

प्रहरीले  उनको साथबाट ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिएको छ। सुनचाँदी बिक्री गर्ने कालीगढ फरार छन्।

बरामद सुन र चाँदी अवैध रहेको प्रहरीको भनाइ छ। यस विषयमा प्रहरीले केहीबेरमा जानकारी दिने बताएको छ।