प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु 

 काठमाडौँ- सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।  बिहान ११ बजे बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । 

त्यस्तै सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । 

मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।