धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत फेला  

काठमाडौँ । काभ्रेको धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिएका छन् ।

बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका- ६ स्थित धुलिखेल अस्पतालको इमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ ।

नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षका ती पुरुषको सनाखत हुन सकेको छैन । मृत भेटिएका पुरुषको सनाखतको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।