माओवादी केन्द्रीय कार्य समिति बैठक साउन १७ गते बस्ने 

काठमाडौँ - नेकपा माओवादी केन्द्रको असार २३ गतेदेखि बस्ने भनिएको केन्द्रीय कार्य समिति बैठक सरेको छ ।

बैठक साउन १७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्ने माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।