एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

 काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीे ले सचिवालय बैठक बस्दै छ । 

आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।  

बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गनेृ पनि उहाँले बताए ।  

यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ ।