संसदबाट बजेट पास गर्न माओवादीको ह्वीप !

काठमाडौँ - नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पास गर्न माओवादीले पनि ह्वीप लगाएको हो । यसअघि आजै काँग्रेसले पनि ह्वीप जारी गरिसकेको छ ।

काँग्रेस, माओवादी केन्द्रभित्रकै सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै आएकामा पार्टीले ह्वीप लगाएका हुन् ।