सातदोबाटोमा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु  

काठमाडौँ । ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

धुलिखेलकी ४० वर्षीया अप्सरा दाहालको बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

दाहाललाई सातदोबाटोमा बाटो काट्ने क्रममा दाहाललाई ना८छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा म्भीर घाइते भएकी उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।