सहकारी ठगी प्रकरण : आन्तरिक छलफलमा सत्तारुढ दल

काठमाडौँ - सत्तारुढ दलहरु सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा जुटेको छ ।

नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफल प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत छन् ।