नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला गर्न नहुने बाबुरामको भनाई

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नागरिकता विधेयक राष्ट्रपतिबाट जारी गर्न र रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन ढिला गर्न नहुने बताएका छन् । 

भट्टराईले सामाजिक सञ्जाल ट्वीरमार्फत ट्वीट गर्दै चौधरीलाई आममाफी दिन र नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने बताए । 

भट्टराईले थप्दै लेख्नुभएको छ, लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं, ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यस्तै,रेशक चौधरीलाई आममाफी दिने तयारी पनि सरकारको छ ।