अाजकाे शेयर बजार : नेप्से २.२७ अंकले घट्यो, ७३ करोड ९६ लाखको कारोबार !

काठमाडौं - साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।