नेपालमा थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ - देशभर थप एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २५ सय १७ जनाको नमूना परीक्षण गरिएको थियो ।

एक हजार ४० जनाको पीसीआर र १४ सय ७७ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ६० जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ७८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।