'सहकारी प्रकरणमा मेरो नाम आएपनि अन्य संलग्नता छैन' : गृहमन्त्री लामिछाने

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम बाहेक केहि नभएको बताएका छन् । आज  संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् ।

उनले यो विषयमा अदालतमा समेत मुद्दा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् । गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउँदै आफूमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।