उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए।

उनले उम्मेदवारको नाम भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताए।