सहकारी ठगी छानबिन नसकिएसम्म गृहमन्त्री पदबाट बाहिरिनुपर्छ : सांसद बडु

काठमाडौँ ।  सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् ।

बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताए ।

बडुले भने, ‘‘यो व्यवस्थालाई जोगाउने यो अवसर पनि हो । यसरी छानबिनलाई विश्वसनीय बनाउन सकिन्छ, विदेशमा भागेकालाई पनि रेड कर्नर नोटिस जारी गरेको भन्ने छ, त्यसमा प्रष्ट पार्न आग्रह गर्दछु ।’

उनले भने, ‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा  १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं।’

सुन तस्करी छानबिन समितिले प्रतिबेदन बुझाइसकेको बताउँदै सो प्रतिवेदन गृहमन्त्रीले सार्वजनिक गर्छु भने पनि नभएको बताए ।