राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउँछु :अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताएका छन् ।

बुधबार चितवनको कुरिनटारमा नेकपा (माओवादी केन्द्र) ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष दाहालले तपाईहरुकै कारण आज म राष्ट्रियसभा अध्यक्ष भएको छुँ, तपाईहरुले गरेको विश्वासलाई आत्मसात् गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रिय सभाको गरिमालाई उँचो पार्ने गरी काम गर्नेछु भने ।

अध्यक्ष दाहालले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माणलगायत विकासका कामको सुरुआत गरेको बताए ।