उपनिर्वाचन : माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवारी उठाउने

काठमाडौँ - सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम–२ र बझाङ–१ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ । आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

‘सत्ता गठबन्धनमा रहेका दलहरू सबैले आ–आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका हौं, यो पार्टीहरूको जनमत परीक्षणको विषय पनि हो ।’ माओवादी पदाधिकारी बैठकअघि अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमै छलफल गरेका थिए ।