कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु 

काठमाडौँ - नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ ।
अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी कांग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदै छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने जानकारी गराएका छन् । 

अभियानका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाएको छ । केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६७४३ वटा वडामा प्रतिनिधि खटाइने तय भइसकेको पौडेलले जानकारी दिए । अभियान मूलतः वडा केन्द्रित रहने छ । माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने कांग्रेसले जनाएको छ ।