रुसी सेनामा पुगेका झण्डै एकसय जना नेपाली बेपत्ता

काठमाडौँ - रूसी सेनामा भर्ना हुन पुगेका एकसय जना नेपाली बेपत्ता भएका बताइएको छ ।

परराष्ट्र मन्त्री एनपी साउदले एक सय जना नेपालीहरू हराइरहेको उजुरी परेको जानकारी दिएका हुन् । ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ ।

यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए।

रूसी सेनामा गएकामध्ये युक्रेनी सेनाको कब्जामा रहेका नेपालीलाई छुटाउने प्रयास भइरहेको पनि उनले बताएका छन् ।