काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु

काठमाडौं - काठमाडौं उपत्यकामा मंगलबारबाट इन्द्रजात्रा सुरु भएको छ ।

बसन्तपुरस्थित हनुमानढोकामा य:सी अर्थात लिंङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । बिहान १०:३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।