धरानमा निषेधाज्ञा जारी, आज राति १२ बजेसम्म रहने

 विराटनगर - धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो ।

हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरेपछि गए रातिदेखी धरानमा निषेधाज्ञा सुरु भएको हो ।

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।