नेपाली सेनाको संख्या कटौती गर्नु उपयुक्त हुँदैन : मन्त्री खड्का

काठमाडौँ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न नहुने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली सेनाको संख्या कटौती गर्नु उपयुक्त नहुने बताएका हुन्।

नेपाली सेनाको जिम्मेवारी बहुप्रकृतिको भएकाले संख्या कटौती गर्न नहुने भन्दै रक्षामन्त्री खड्काले सोहीअनुसार बुझिदिन आग्रह गरे।